IME Life

गण्डकी प्रदेशको राजधानी पोखराबाट ग्रीन डेभलपमेण्ट बैंकले कारोबार थाल्यो

SPIL
NIC ASIA

पोखरा । ग्रीन डेभलपमेण्ट बैंकले केन्द्रीय कार्यालय पोखरामा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गरेका हुन् ।

कार्यक्रममा बोल्दै गुरुङले प्रदेश सरकारका नीति तथा कार्यक्रममा ग्रीन डेभलपमेण्ट बैंकले योगदान गर्ने विश्वास व्यक्त गरे । राज्यको संघीय सरकार अन्तर्गत पर्ने बैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारका कार्यक्रमहरुलाई पनि प्राथमिकता दिनपर्नेमा जोड दिए ।

Prabhu
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बैंकले वागलुङ जिल्लाबाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरी बैंकको व्यवसाय वृद्धीको अभियानमा अगाडि बढेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लीराम पोख्रेलले कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउन प्रदेश स्तरका बैंकको उल्लेख्य भुमिका रहने हुँदा स्थानीय पर्यटन र उत्पादनलाई जोड दिनुपर्ने बताए ।

बैंकले कास्की, वाग्लुङ र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरु, मोबाइल बैंकिङ, निःशुल्क एटिएम सेवा, कनेक्ट आइपिएस लगायतका सुविधा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS