Prabhu Life Ad Final

भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले भने, ‘मेजर अप्रेशन पछि म स्वस्थ छु’ (भिडियोसहित)

IME PAY

काठमाडौं । गत मंसिर १० गते मंगलबार एक्कासी पेटदुखेपछि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले एक सातापछि अस्पतालबाटै भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यस्थितिको जानकारी गराएका छन् ।

क्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थेरासिस तथा ट्रान्सप्लान्स सेन्टरमा अप्रेशनपछि स्वास्थ्य लाभ गर्दै गरेका प्रधानमन्त्रीले मंगलबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यस्थितिको जानकारी गराउँदै साग खेलकूदमा खेलाडीहरुलाई उत्कृष्ट नतिजा ल्याउन आह्वान गरेका छन् ।

NCHL

प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन्, ‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।

एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x