सामान्य अंकले घट्यो नेप्से, २३ करोडमाथिको कारोबार

Citizen Life Insurance Co

काठमाडौं । आज सोमबार नेप्से सामान्य अंकले घटेको छ । शेयर बजार ० दशमलव ८६ अंकले घटेर १,१११ दशमलव ९९ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ र हाइड्रोपावर कम्पनीको बाहेक सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै ६४ अंकले जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ६४ कम्पनीको ८ लाख २६ हजार ३ सय ६८ कित्ता शेयर किनबेच हुँदा २३ करोड २२ लाख ५९ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको सबैभन्दा धेरै १ करोड ९३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३५ लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तको १ करोड ११ लाख रुपैयाँ र एनआइसी एशियाको १ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ८८ लाख रुपैयाँ, सेञ्चिुरी कमर्सियल बैंकको ८१ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्त र नेपाल बैंकको ७० लाखमाथिको कारोबार भएको छ ।
नेशनल माइक्रोफाइनान्सका लागनाीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने अरुण कावेली पावरका लागनीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार