IME Life

नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोली सोमबार (१६ गते देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । आज आइतबारसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले मंसिर २९ मा साधारण सभा गर्ने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसीमा बिहान ११ बजे सुरु हुने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले गत वर्षको नाफाबाट ७५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

सभामा कम्पनीले बोनसपछि कायम हुने पुँजीबाट ५० प्रतिशत हकप्रद ल्याउन विशेष प्रस्ताव पेश गर्दैछ ।

त्यस्तै, सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव गर्नेछ भने आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS