माछापुच्छ्रे बैंकका सबै एटीएम तथा पिओएसमा मास्टर कार्ड चल्ने

Citizen Life Insurance Co

काठमाडौं । माछापुच्छ्रे बैंकको सम्पूर्ण एटीएम तथा पिओएसमा अब मास्टर कार्ड चल्ने भएको छ । मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक मास्टर कार्डको संचालनसँग आवद्ध भएको छ ।

मास्टर कार्ड होल्डरले बैंकको १ सय ५० भन्दा बढी एटीएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्सहरुमा भिसा , युनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बिशेषगरी नेपाल भम्रणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै मास्टर कार्डसँग आवद्ध भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार