Prabhu Life Ad Final

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र निष्काशनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् नियुक्त

IME PAY

काठमाडौं । प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई नियुक्त गरेको छ । सो सम्बन्धी बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

NCHL

प्रभु बैंकले १० प्रतिशत व्याज सहित आठ वर्ष अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” नामक २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न संझौता गरिएको छ ।

बैंकले १० प्रतिशत व्याज सहित आठ वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले कूल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गर्न लागेको जनाइएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x