सागको भलिबल प्रतियोगीता एक्सन स्पोर्टसमा

Citizen Life Insurance Co

काठमाडौं । नेपालको एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग)मा भलिबल खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एचडी र ९९१एच डीमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल बिरुद्ध बाङ्गलदेश को महिला भलिबल प्रतियोगिता आज अपराहन्न ३ बजे हुने भएको छ भने नेपाल बिरुद्ध बाङ्गलदेशको पुरुष भलिबल प्रतियोगिता सांझ ७ बजहुने भएको छ ।

नेपालले खेल्छ नेपालीले हेर्छ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरु लाई प्रसारण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार