Prabhu Life Ad Final

पोखरास्थित नेकपाको सभास्थलमा बिस्फोट, प्रचण्डले सम्बोधन गर्ने सभा बिथोल्ने प्रयास

IME PAY

काठमाडौं । यही मंसिर १४ गतेको उपनिर्वाचनका लागि पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको आमसभामा बम विस्फोट भएको छ । नेकपाका अध्यक्ष प्रचण्डल गर्ने सभामा प्रचण्ड आईपुग्नु अघि नै बिस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । यद्यपि पार्किङमा रहेको ग१ख ८८९१ नम्बरको बसको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।नेकपाका नेता सुवाससन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला सभास्थलमा मानिस ल्याउन प्रयोग गरिएको बसपछाडि बिस्फोट भएको हो । विस्फोट लगत्तै मानिसहरुको भागाभाग भएको थियो । बिस्फोटपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सभामा नेकपाका अध्यक्ष प्रचण्ड तथा अर्का नेता बामदेव गौतमले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कास्की क्षेत्र नं २ मा मंसिर १४ गते उपचुनाव हुँदै छ । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x