IME Life

नयाँ शाखा उद्घाटन तथा विभिन्न कार्यक्रम गरी मनायो सिभिल बैंकले नवौं वार्षिकोत्सव

SPIL
NIC ASIA

काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । सो अवसरमा बैंकले विभिन्न सामाजिक उत्तर्दा्यित्वका कार्यक्रमका साथै नयाँ शाखा सञ्चालन गरेको छ ।

बैंकले आफ्नो सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखामा तथा वार्षिकोत्सवको दिनदेखि एक महिना भित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।

Prabhu
Crest

बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान।

व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान । त्यसैगरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान, श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा १ थान प्रिन्टर प्रदान ,चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको चेक प्रदान गरेको छ ।

बैंकले निजगढ, चन्द्रनिगाहपुर र दमौलीमा गरी तीन नयाँ शाखा संचालनमा ल्याएको हो । निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुखअतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरे ।

चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरे । यसैगरी दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS