कृषि विकास बैंकका ८ कर्मचारीलाई २ अर्ब ७१ करोड विगो सहित मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीले दुई अर्ब ७१ करोड ४४ लाख रुपैयाँ भष्ट्रचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

आयोगले सोमबार स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनासँग जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको विगोदाबी गर्दै मुद्दा दायर गरेको हो ।

बैंकका शाखा अधिकृत गौतमका साथै बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ सम्झना पोखरेल, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार