सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा

Citizen Life Insurance Co

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काठमाण्डौको खिचापोखरी, न्यूरोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र अन्य सुचकाङ्कहरु समेत राम्रो रहेको बताउँदै, विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस भन्ने शुभकामना व्यक्त गरे ।

त्यसै सोही कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष केडियाले अहिलेसम्म काठमाण्डौ उपत्यकामा ११ वटा शाखा सञ्जालमार्फत राम्रो बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले स्वागत मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार