Prabhu Life Ad Final

‘संस्थागत लगानीकर्ताको अभावमा शेयर बजार फस्टाउन सकेन’

IME PAY

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निमित्त कार्यकारी प्रमुख निरज गिरीले शेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव खड्किएको बताएका छन् । बुटवलमा आयोजित एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी प्रमुख गिरीले संस्थागत लगानीकर्ताको अभावमा धितोपत्र बोर्डमा समस्या देखिएको बताए । गिरीले संस्थागत लगानीकर्ताको अभाव महसुस गरेरै बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई प्रतिस्पर्धी बनाउन खोजिएको दावी गरेका छन् ।

बुटवलमा पुँजि बजारमा अनलाईनको प्रयोग सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले शेयरमा लगानी गर्दा सम्बन्धित कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गर्दै शेयर बजार विस्तारै अघि बढ्ने क्रममा रहेको बताए ।

NCHL

छलफल कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नगदे बाली जसरी प्रतिफल लिन शेयर बजारबाट सम्भव नभएको आशय व्यक्त गरे । साउदले शेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली होइन भन्दै योजनाबद्ध प्रतिफल लिने क्षेत्र भएको बताए । साउदले लगानीको क्षमता अनुसार शेयर बजारमा लगानी गर्नुपर्ने सुझाव समेत प्रस्तुत गरे । कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार स्वतन्त्र मूल्य निर्धारण गर्ने निकाय भएको स्मरण गराउँदै माग र आपूर्तिबीचमा नेप्सेले मध्यस्थकर्ताको भूमिका मात्रै निर्वाह गरेको बजार मूल्य क्रेताबिक्रेताकै बीचमा तय हुने बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x