IME Life

गणपति माइक्रोफाइनान्सको एजिएम पुस ४ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय सस्ंथाले तेस्रो वार्षिक साधारण सभा पुस ४ गते हुने भएको छ । सभा जंगल पार्क रिर्सोट, शुक्ला गण्डकी न.पा., ३ तनहुँमा दिउसो ३ बजेबाट सुरु हुने संस्थाले जनाएको छ ।

सभामा कम्पनीले ७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । त्यस्तै, कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

Prabhu
Crest

संस्थाले बोनसपछि कायम हुने पुँजीबाट फेरि ५० प्रतिशत हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ । कम्पनीले यही पुँजीबाट ५ लाख ५३ हजार ७२५ कित्ता (५० प्रतिशत) हकप्रद ल्याउन लागेको हो

सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । मंसिर १७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

हाल संस्थाको चुक्ता पूँजी १० करोड ३५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ५०५ बोनस सेयर वितरणपछि पुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS