काठमाडौं । सार्वजनिक सवारी साधनको विकल्पमा निजि क्षेत्रले अघि बढाएको टुटुल र पठाओलाई सरकारले प्रतिबन्ध लगाएको व्यवहार गरेको छ ।
टुटल भन्ने वित्तिकै चिट काट्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको प्रहरीको भनाई छ । ट्राफिक प्रहरीले पठाओ भन्ने वित्तिकै चिट काटेको भन्दै टुटल र पठाओ चालकले गुनासो गरेका छन् ।यातायात व्यवस्था विभागले निजि सवारी साधनले सार्वजनिक रुपमा यात्रु ओसार्न नपाउने भन्दै सूचना जारी गरेको थियो ।
ट्राफिक प्रहरीको निर्देशन विपरीत रही भाडामा मान्छे राख्दै हिडेको भन्दै दुई सय रुपैयाँ देखि एक हजार रुपैयाँसम्म चिट काट्न थालेपछि टुटल तथा पठाओकर्ताहरु अत्तालिएका छन् । यद्यपि उनीहरुले आफूलाई टुटल तथा पठाओ नभनिकनै यात्रु बोकिरहेका छन् ।
गत साता मात्र यातायात व्यवस्था विभागले निजि प्रायोजनका लागि दर्ता भएका सवारी साधन अन्य प्रायोजनका लागि प्रयोग गर्न नपाईने र प्रयोग गरेमा कानून बमोजिम कारबाही अघि बढाउने सूचना प्रकाशन गरेको थियो ।