समिट एयरले भित्रायो नयाँ जहाज

Citizen Life Insurance Co

काठमाडौं । समिट एयरले नयाँ जहाज बिहिवार काठमाडौं भित्राएको छ । चेक गणतन्त्रमा निर्मित १८ सिटे नयाँ जहाज भित्राएसँगै लुक्ला र डोल्पामा उडान सहज हुने विश्वास गरिएको छ । समिट एयरले ल्याएको नयाँ जहाजले ‘९एनएल४१०’ कल साईन पाएको छ ।

दुई वटा इन्जिन भएको नयाँ जहाजले छोटो धावनमार्गमा पनि सजिलै अवरण गर्न सक्ने सो एयरलाइन्सले जनाएको छ । समिट एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीका अनुसार नयाँ जहाजले काठमाडौं–लुक्ला सेक्टरमा उडान भर्न प्रयोग गरिनेछ । सो एयरलायन्सले हाल राजधानी काठमाडौं, पर्यटकीय क्षेत्र पोखरा र मध्ये पश्चिमको सुर्खेतलाई आधार बनाएर उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार