IME Life

३ वाणिज्य बैंकले मागे ठुलो संख्यामा कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । तीन वाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने वाणिज्य बैंकहरुमा नेपाल बंगलादेश बैंक, सनराइज बैंक र सिभिल बैंक हुन् । यी बैंकले विभिन्न पदमा कर्मचारी मागेका हुन् ।

यी बैंकहरुले अनुभव भएकाहरुलाई व्यवस्थापकीय तहदेखि तथा अनुभव नभएका एवम् बैंकमा करिअर बनाउन चाहनेहरुलाई प्रशिक्षार्थी पदसम्मका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको जनाइएको छ ।

Prabhu
Crest

नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थी मागेको छ । बैंकले उक्त पदका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ । उमेर हद भने २८ वर्ष तोकिएको छ । एप्लाई गर्ने म्याद डिसेम्बर ५ सम्म रहेको समेत सूचनामा  उल्लेख गरेकमो छ ।
त्यसैगरी सनराइज बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर वा अपरेसन इन्चार्ज र एक्स्टेन्सन काउन्टर इन्चार्जका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर ५ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
त्यस्तै, सिभिल बैंकले मानव संशाधन व्यवस्थापनका लागि कर्मचारीको माग गरेको छ । बैंकले २८ वर्ष पुरा भई ५० वर्ष (महिलाको हकमा ५५ वर्ष) ननाघेको, स्नातकोत्तर उतीर्ण गरी १० वर्षको कार्यानुभव भएको भएको कर्मचारी मागेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर ४ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । थप जानकारीको लागि

Civil Bank Limited

Human Resources Department

Sundhara. Kathmandu, P.O.Box -9799

Phone Number: 4251015, 4251087

Fax No. 4251036

Email: [email protected]

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS