IME Life

गरिमा विकास बैंकको साधारण सभा मङ्सिर २७ गते, यस्ता छन् प्रस्तावहरु

SPIL
NIC ASIA

काठमाडौं । गरिमा विकास बैंकले मङ्सिर २७ गते शुक्रबार साधारण सभा आब्हान गरेको छ । उक्त सभा पोखराको होटेल पोखरा ग्राण्डमा हुने भएको जनाएको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Prabhu
Crest

साधारणसभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५र७६ को मुनाफाबाट लगानीकर्तालाई १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै साधारणसभामा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्तव पेश हुने छन् ।

त्यस्तै बैंकको अधिकृत पूंजी वृद्धि गरि ५ अर्ब पुर्याउने र मर्जर तथा प्राप्तिको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ७८ करोड ८३ लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS