Prabhu Life Ad Final

एनआईसी एशिया बैंकले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना

IME PAY

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ ।

NCHL

“सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजनाअन्तर्गत ग्राहकले थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रूपमा वचत गरी आवश्यकता पूरा गर्न, भविष्यका योजना जस्तै( विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामान जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिने, कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा रु. १०० को गुणन दरले रु. ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत व्याज प्राप्त गर्न सकिने बताइएको छ ।

यसै गरी कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भए अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा समेत यस योजनामा रहेको छ ।

खातावाहकले निक्षेपको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नुका साथै निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सक्ने बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x