SKIP THIS

IK Anniversary
IME Life

मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर ३० गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान ११ बजे सभा बोलाएको बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २३ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर २२ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

उ्रक्त सभामा २०७५/०७६वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही आ.वको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतको विषयमा छलफल गर्न एजेण्डा रहेको छ ।

त्यस्तै, उपयुक्त संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ ।

साथै, बैंकले शेयरधनीको लागि १२औं साधारण सभाबाट पारित २० प्रतिशत हकप्रद शेयर वितरणबाट हुन आउने रकम समेत गरी बैंकको जारी तथा चुक्तापूँजीबाट १७ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS