Prabhu Life Ad Final

यूनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर लिलामीमा

IME PAY

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवतरित हकप्रद शेयर लिलामी मार्फत विक्रीमा ल्याएको छ । कम्पनीलको हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो ।

कम्पनीले संस्थापकतर्फको १ लाख ५७ हजार ६४९ दशमलव ६० कित्ता तथा सर्वसाधारणतर्फको ३ लाख ४१ हजार ५४३ कित्ता गरी कुल ४ लाख ९९ हजार १९२ दशमलव ६० कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो ।

NCHL

उक्त लिलामी शेयरमा मंसिर १० गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिन्छ । यसअघि कम्पनीले भदौ ३ गतेदेखि असोज २३ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । हकप्रदमा पूर्ण आवेदन नपरेपछि कम्पनीले बोलकबोल बढाबढ गरी शेयर विक्री गर्न लागेको हो ।

आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० वा सो भन्दा बढीका १० अंकले भाग जाने सङ्ख्या र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य१०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

त्यस्तै, शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका शाखा कार्यालयहरुमार्फत गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x