IME Life

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क चार अर्ब माथि, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । राष्ट्रिय बीमा संस्थानले पहिलो त्रैमासमा छलाङ् मार्दै बीमा कारोबार छ गुणाले बढाउन सफल भएको वित्तीय प्रतिवेदनले देखाएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले चार अर्ब नौ करोड २१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोही अवधिमा ७८ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस वर्षको आर्जन दोब्बर भन्दा बढि छ ।

Prabhu
Crest

कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा एक करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४४ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जीवन बीमा कम्पनीको मुनाफा बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै अन्तिम रुपमा निर्धारण हुने गर्दछ ।

कम्पनीले पहलो त्रैमासको अवधिसम्ममा लगानी कर्जा तथा अन्य आयबाट ४५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ८१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १८ करोड ७२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS