IME Life

आईएमई लाईफले गर्यो प्रगति, पहिलो त्रैमासमा खुद बीमा शुल्क दोब्बर बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । जीवन बीमा कम्पनी आईएमई लाईफले पहिलो त्रैमासमा छलाङ मार्दै बीमा कारोबार दोब्बर बनाउन सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले २२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोही अवधिमा १० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस वर्षको आर्जन दोब्बर भन्दा बढि छ ।कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा दुई करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड चार लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जीवन बीमा कम्पनीको मुनाफा बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै अन्तिम रुपमा निर्धारण हुने गर्दछ ।

कम्पनीले पहलो त्रैमासको अवधिसम्ममा लगानी कर्जा तथा अन्य आयबाट दुई करोड २३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ८१ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८२ करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ ।कम्पनीले तीन महिनाको अवधिमा ९ हजार ८ सय ८३ वटा बीमालेख जारी गरी २२ करोड ८५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले ४९ दाबी वापत पाँच करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा, प्रति शेयर नेटवर्थ ११६ रुपैयाँ ६९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS