Prabhu Life Ad Final

सानिमा लाइफको खुद बीमाशुल्क आर्जनमा उल्लेखनीय सुधार अन्य सूचांक कस्तो ?

IME PAY

काठमाडौं । गैर आवासीय नेपालीहरुको प्रबद्र्धनमा सञ्चालित सानिमा लाइफ इन्स्योरेन्सको चालु आवको पहिलो त्रैमासमा खुद बीमा शुल्कमा उल्लेखनीय सुधार आएको छ । गत आवको यसै अवधिमा ६ करोड ५८ लाख खुद बीमा शुल्क आर्जन गरेको यस इन्स्योरेन्सले १३ करोड ६८ लाख आर्जन गर्न सफल भएको छ ।

समीक्षा अवधीमा सो बीमा कम्पनीले एक करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ । सञ्चालनको छोटो समयमा नै गत आवको यसै अवधिमा कम्पनीले २ करोड २३ लाख मुनाफा कमाएको थियो । इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट आम्दानी गरेको छैन भने लगानी कर्जा तथा अन्य आयबाट ४८ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

NCHL

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीकोे जगेडा कोषमा १६ करोड ४१ लाख रुपैया, जीवन बीमा कोषमा ३० करोड २ लाख रुपैयाँ र महाविपत्ती कोषमा एक करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले यस अवधिमा ६५ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस त्रैमासमा मात्र कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन आर्जन गरेको छ ।

पाँच वटा दाबी वापत ४६ लाख २३ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी नरहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६६ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x