IME Life

प्रभु इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २९ करोड, नाफा कति ?

SPIL
NIC ASIA

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आवको प्रथम त्रैमासको अवधिमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा यो १० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, प्रथम त्रैमासको अवधिमा कम्पनीले १६ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम घटेको देखिएको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अपवधिको तुलनामा कम्पनीको खुद मुनाफामा ३५ प्रतिशतको वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रभु इन्स्योरेन्सले प्रथम त्रैमासको अवधिमा १४ करोड १३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ४३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । गत आवको सोही अवधिको तुलनामा यो ८ प्रतिशतले कमि हो ।

एक अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ७४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, इन्स्योरेन्सको बीमा कोषमा ५८ करोड ६१ लख रुपैयाँ संचिति छ । चालु आवको पहिलो त्रैमासको अवधिमा प्रभु इन्स्योरेन्सले १८ हजार ८ सय ७१ वटा बीमालेख जारी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम १५ करोड ७ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रति शेयर आम्दानी ४ रुपैयाँ छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS