IME Life

सगरमाथा इन्स्योरेन्सको कूल बीमा शुल्क ६७ करोड, मुनाफा ३६ प्रतिशतले बृद्धि

SPIL
NIC ASIA

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधीमा कम्पनीको कूल बीमा शुल्कमा बृद्धि भएको छ भने मुनाफामा २६ प्रतिशतले बृद्धि भएको छ ।

प्रथम त्रैमासको अवधिमा कम्पनीले ६७ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६० करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

प्रथम त्रैमासको अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । गत गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । उल्लेखित बृद्धि २६ प्रतिशत हो ।

चालु आवको प्रथम त्रैमासको अवधिमा कम्पनीले ४३ हजार ९ सय १६ बीमालेख जारी गरेको छ । कम्पनीले प्रथम त्रैमासको अवधिमा २३ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ३३ लाख रहेको छ । यस्तै, कम्पनीको बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ संचिति छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ रहेको छ । च्यस्तै, प्रति शेयर नेटवर्थ १९६ रुपैयाँ १७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS