Prabhu Life Ad Final

नेपालमा कूल करदाताको संख्या २९ लाख पुग्यो, आजदेखि कर सप्ताह

IME PAY

काठमाडौं । विश्वकै सानो अर्थतन्त्र भएका देश मध्येमा पर्ने नेपालको कूल २९ लाख ६५ हजार करदाता पुगेको छ । आन्तरिक राजश्व विभागका अनुसार चाल आवको चार महिनामा झण्डै सात लाख करदाता थप भई कूल करदाता संख्या २९ लाख पुगेको हो ।

यद्यपि सो संख्यामा कम्पनी बन्द भएको तथा मानिसको मृत्युका कारण अलपत्र परेको करदाताको संख्या घटाइएको छैन । यसैबीच, आजदेखि आन्तरिक राजस्व विभागले एक सातासम्म कर दिवस मनाउन आजदेखि सुरु गरेको छ ।

NCHL

आन्तारिक राजश्व कार्यालयले ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने मुल नाराका साथ यस वर्षको कर दिवस आजबाट सुरु गरेको हो । एक हप्तासम्म चल्ने कर दिवसको करदाताको रुपमा सहभागिता हुन आम सर्वसधारणलाई जनचेतना अभिबृद्धि लगायतको कार्यक्रमहरु रहेका छन् ।

यस्तै मंसिर २ देखि ६ गतेसम्म करदाता कार्यलयहरुमा करदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । विभागका अनुसार मंसिर ६ गते मदिरा र ब्रुअरी कम्पनीसँग अन्तरक्रिया हुनेछ । कर सप्ताहमा करदाताको संख्या अझै बृद्धि हुने अपेक्षा गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x