Prabhu Life Ad Final

आइएमई जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३३ करोड, नाफा पौने तीन करोड

IME PAY

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको अवधिसम्म ३३  करोड  रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै कम्पनीले पौने तीन करोड नाफा कमाउन सफल भएको छ ।

चालु आबको पहिलो त्रैमासमा सबै बीमा कम्पनीहरुले व्यापार बृद्धि गर्न सफल भएका छन् । आईएमई जनरल इन्स्योरेन्सले गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३१ करोड ७४ लाख रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको थियो ।

NCHL

आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको समीक्षा अवधिमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो नाफा ५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ६१ लाख रुपैयाँ खुुद नाफा कमाएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीले १६ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रथम त्रैमासको अवधिमा २५ हजार दुई सय ९३ वटा बीमालेख जारी गर्न सफल भएको छ । एक अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा २६ करोड रुपैयाँ संचिति रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको अवधिमा १० करोड ३२ लाख ३५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x