IME Life

नेपाल बैंकले मनायो ८३ औं बार्षिकोत्सव, दीर्घकालिन समृद्धमा लाग्न अर्थमन्त्रीको जोड

SPIL
NIC ASIA

काठमाडौं । कुनै समय देशको केन्द्रीय बैंकको समेत भूमिका रहेको नेपाल बैंक लि.ले आफ्नो स्थापनाको ८३ औं बार्षिकोत्सव शनिबार मनाएको छ । बार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा बार्षिकोत्सव समारोह आयोजना गरी भव्य रुपमा मनाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले देशकै ऐतिहासिक बैंकलाई नयाँ पुस्ता मैत्री बैंक बनाउने घोषणा प्रतिबद्धता व्यक्त गरेका छन् ।

Prabhu
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले थोरै खर्चमा बैंकको दीर्घकालिन समृद्धि सम्भव नहुने भन्दै ब्याजदर कम दिएर केही नाफा हुँदैमा दीर्घकालिन समृद्धि हासिल गर्न नसकिने बताए । मन्त्री खतिवडाले दीर्घकालिन समृद्धिको योजनामा बैंकहरु अघि बढ्नुपर्नेमा जोड दिए ।

वार्षिकोत्सवकै अवसरमा ऐतिहासिक बैंक हुनुका नाताले नेपालको पहिलो बैंकिङ म्युजियम स्थापना गरेको घोषणा गरिएको छ । सोही समारोहमा देशका विभिन्न स्थानमा १८ ओटा शाखाहरुको पुनस्र्थापना समेत गरिएको औपचारिक उद्घाटन गरिएको छ । सुरक्षाको कारण बन्द हुन पुगेका विभिन्न शाखासहित दुईओटा एक्सटेन्सन काउन्टरको शनिबार अर्थमन्त्री युवराज खतिवडाले एकैपटक ‘डिजिटल’ उद्घाटन गरेका छन् ।

बार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष वासुदेव अधिकारीले आगामी दिनमा बैंकमा कुनै प्रकारका संकट आउन नदिई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल बैंक लि. को केन्द्रीय बैंकको रुपमा वि.स. १९९४ साल कार्तिक ३० गते स्थापना भएको थियो । पछि नेपाल राष्ट्र बैंक स्थापना भएपछि बाणिज्य बैंकको रुपमा वित्तीय कारोबार गर्न थालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS