काठमाडौं । एनएमबी बैंकले विभिन्न पदका लागि १८६ जना कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका सबै प्रदेशका लागि कर्मचारी माग गरेको हो ।
बैंकले सिनियर म्यानेजर १ जना, ब्रान्च म्यानेजर १५ जना, रिलेसनसिप म्यानेजर २० जना, असिस्टेन रसुपरभाइजर १० जना, लिगल अफिसर २ जना, जुनियर अफिसर २ जना माग गरेको छ ।
यस्तै, बैंकले च्याटर्ड एकाउटेन ६ जना, अफिसर २ जना, सर्फवेयर डेभलपर ३ जना, म्यानेजमेन्ट ट्रेनी २५ जना र जुनियर असिस्टेन १०० जना माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले बैंकको वेवसाइटमार्फत् मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् बैंकले जनाएको छ ।