SKIP THIS

MLBL
IME Life
Beema Board

राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीको समुद्घाटन सम्पन्न भएको छ । । सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सोमबार समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउंदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि “सेवा सहितको नाफा र नाफा सहितको सेवा” प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

Prabhu
Crest

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गर्नुहुंदै समृद्ध नेपाल सुखी नेपालीकोूे नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरुको अहम् भुमिका हुने बताउंदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भुमिका निर्वाह गर्ने जानकारी दिए ।

हालसम्म बैंकले सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS