SKIP THIS

MLBL
IME Life
Beema Board

सबैको लघुवित्तको साधारण सभा मंसिर २१ गते, १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्त वित्तीय सस्ंथाले मंसिर २१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा बिहान ११ बजे सुरु हुने संस्थाले जनाएको छ ।

सभामा कम्पनीले १३ प्रतिशत बोनस वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । यसैगरी, कर तिर्न थप ११ लाख २८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद पनि दिनेछ ।

Prabhu
Crest

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गर्नेछ । मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

बोनसपछि कायम हुने पुँजीबाट १०० प्रतिशत हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि छ । हाल यस कम्पनीको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १८ कराड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले यही पुँजीबाट १८ लाख ६४ हजार ५०० कित्ता (१००%) हकप्रद ल्याउन लागेको जनाएको छ ।

सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS