SKIP THIS

MLBL
IME Life
Beema Board

बंगलादेशका राष्ट्रपति काठमाडौंमा, यस्तो छ चार दिने तालिका

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालबाट मात्रै १५ किमी दुरीमा रहेको बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज काठमाडौं आईपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा समकक्षी हमिद ४८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आजै अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

बंगलादेशको राष्ट्रपति हमिदले उच्चस्तरीय भेटवार्ता, अवलोकन भ्रमण तथा नेपालसँग महत्वपूर्ण समझदारीहरु गर्नेछन् । विशेष विमानमार्फत अपरान्ह १ बजे मा काठमाडौंमा अवतरण गरेका छन् ।

Prabhu
Crest

बंगलादेशका राष्ट्रपति हमिदलाई त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिइनेछ । गार्ड अफ अनर दिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका उच्च पदस्थ व्यक्तिहरु विमानस्थलमै पुग्नेछन् । त्यसलगत्तै ऐतिहासिक सम्पदाले भरिएको भक्तपुर दरबार क्षेत्रको भ्रमणमा गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रपति हमिदलाई रिसिभ गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका विशिष्ट पदाधिकारी विमानस्थल पुग्नेछन् । राष्ट्रपति हमिद मंगलबार अपरान्ह ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने भएका छन् । सडक जाम हुने भएकोले हेलिकोप्टरबाट भक्तपुर पुर्याइनेछ । चार दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर आउने राष्ट्रपति हमिदले बुधबार राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट हुनेछ । त्यस्तै बिहिबार पोखरा र शुक्रबार चन्द्रागिरी केबलकारको अवलोकन भ्रमण गरेर स्वदेश फर्कने कार्यतालिका रहेको छ । उनको भ्रमण अवधीभर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपति हमिदकै भ्रमणको अवसर पारेर बंगलादेशसँग विद्युत व्यापार सम्झौताको प्रयास भइरहेको छ । गत आर्थिक वर्षमा बंगलादेशबाट नेपाल पुनर्बीमा कम्पनी पुनर्बीमा शुल्क बापत चार करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS