SKIP THIS

MLBL
IME Life
Beema Board

प्राईम बैंकको नाफा ६५ करोड, खराब कर्जा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राईम बैंकले मंगलबार चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६५ करोड ९७ लाख ६७ हजार ८१७ रुपैयाँ नाफा आर्जन गरेको छ । साथै बैंकको खराव कर्जा पनि घटेको वित्तीय विवरणमा उल्लेख छ ।प्राईम बैंकले चालु आवको पहिलो त्रैमासमा खूद ब्याज आम्दानी एक अर्ब छ करोड, पाँच लाख पाँच हजार १०८ रुपैयाँ गर्न सफल भएको छ भने सोही अवधीमा एक अर्ब ६५ करोड ९३ लाख एक हजार २१ रुपैयाँ ब्याज भुक्तानी गरेको छ । बैंकले आफ्ना ग्राहकसँग शुल्क तथा कमिशन मात्रै ४४ करोड भन्दा बढि आम्दानी गर्न सफल भएको छ । बैंकले समीक्षा अवधीमा २५ करोडभन्दा बढि कर्मचारीलाई तलव भुक्तानी गरेको छ । बैंकले आर्जन गरेको ९४ करोड मुनामा २८ करोड आयकर भुक्तानी गरेकोपछि ६५ करोड भन्दा बढि खुद मुनाफा आर्जन गरेको हो ।

बैंकको खराव कर्जा घटेको छ । गत वर्ष १.४१ प्रतिशत रहेको खराव कर्जा घटेर अहिले १.१४ मा झरेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । यद्यपि बैंकको स्प्रेड दर भने ५.१८ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी २७.२४ रहेको छ भने प्रतिशेयर नेट वर्थ १५३.०८ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS