SKIP THIS

MLBL
IME Life
Beema Board

शेखर गोल्छालाई उद्योग बाणिज्य महासंघको अध्यक्ष बन्न नदिने षडयन्त्र असफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विशेष साधारणसभा स्थगितसँगै नेपाल उद्योग बाणिज्य महासंघको आगामी अध्यक्षबाट शेखर गोल्छालाई हटाउने षडयन्त्र लगभग टुंगिएको छ । पूर्व अध्यक्ष चण्डीराज ढकालले विशेष डिजाइन गरी आफ्नी हितैषी भवानी राणालाई अध्यक्ष बनाउन अघिल्लो कार्यकालमा विधान संशोधनमार्फत बरिष्ठ अध्यक्ष नै स्वतः अध्यक्ष बन्ने विधान पास गरिएको थियो ।

नयाँ विधान अनुसार गत महाधिवेशनमा बरिष्ठ उपाध्याक्षमा निर्वाचित शेखर गोल्छालाई स्वतः अध्यक्ष बन्न नदिने डिजाइन अन्तर्गत नेपाल उद्योग बाणिज्य महासंघको विद्यमान विधान संशोधनको प्रयास भएको थियो ।

Prabhu
Crest

गोल्छालाई अध्यक्ष बन्न नदिने स्वतः अध्यक्ष बन्ने प्रावधान सच्याउने पूर्व अध्यक्ष चण्डीराज ढकालसहितको गुटको प्रयास शुक्रबारबाट अन्त्य भएको छ । कार्तिक २९ गतेका लागि बोलाइएको विशेष साधारणसभा स्थगितसँगै गोल्छाविरुद्धको षडयन्त्रको अन्त्य भएको रुपमा हेरिएको छ ।

गत शुक्रबार बेलुका ५ बजे बसेको विधान संसोधन समितिको बैठकले बिशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणाले निर्वाचन लडेर अध्यक्ष पदमा जित्ने अवस्था नरहेपछि जसरी पनि अध्यक्ष बनाउन बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने गरी विधान संशोधन गरिएको थियो ।

सोही विधान बमोजिम आगामी कार्यकालको लागि अध्यक्ष सुनिश्चित गर्दै बरिष्ठ उपाध्यक्ष बनेका गोल्छाका विरुद्धमा पुनः महासंघका षडयन्त्र गरिएको थियो । शुक्रबार बसेको विधान समितिको बैठकबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था बाहेकका प्रस्ताव साधारणसभामा लैजाने सहमति जुटेपछि बिशेष साधारणसभा स्थगित भएको हो । गोल्छा जीवन बीमा कम्पनीका सञ्चालक समेत हुन् । युनियन लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समेत छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS