SKIP THIS

MLBL
IME Life
Beema Board

भारतले मिचेको भूमिमा बाटो निर्माण गर्ने नेपालको निर्णय, सुरक्षाकर्मी परिचालन सिफारिस

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतद्वारा अतिक्रमित नेपालको पश्चिमी सीमा लिपु लेकदेखि लिम्पियाधुरासम्म सुदरपश्चिम सरकारले बाटो बनाउने निर्णय गरेको छ । सोमबार बसेको सुदुरपश्चिम सरकारको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक तथा लिम्पियाधुरासम्म गोरेटो बाटो बनाउने निर्णय गरेको हो ।

सुदुर पश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न संघीय सरकार समक्ष सिफारिस समेत गरेको छ । मन्त्रिपरिषद् बैठकले दार्चुलाको व्यास गाउँपालिका–२ को तुम्लिङदेखि टिंकर हुँदै छांगारुसम्म गोरेटो बाटो नेपाल सरकारको सहकार्यमा प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

प्रदेश सरकारको निर्णयले भारतले सार्वजनिक गरेको नयाँ नक्सामाथि कडा चुनौति दिएको छ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भू–भाग समावेश गरेपछि सुदुरपश्चिम सरकारले यस्तो निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेश सरकार सीमा सुरक्षाका लागि संघीय सरकारसँग समन्वय गरी अगाडि बढ्न लागेको बताए । दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने उक्त भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गोरेटो बाटो निर्माण गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS