IME Life

जनता बैंकको खुद नाफा १३% ले बढ्दा अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । जनता बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १३.९६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९९ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ थियो ।

Prabhu
Crest

त्यसैगरी चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आइपुग्दा बैंकको संचालन मुनाफा समेत बृद्धि भएको छ । यस अवधिसम्म ५२ करोड २ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको सञ्चालन नाफा १३ दशमलव ८९ प्रतिशतले बृद्धि गरेको हो ।

बैंकको वितरण योग्य नाफा १८ करोड ५३ लाख ९९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा १.५४ प्रतिशतबाट घटेर १.३३ प्रतिशतमा कायम भएको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसाले बढेर १८ रुपैयाँ ३४ पैसा पुगेको छ । नेटवर्थ १ सय ३७ रुपैयाँ ५० पैसा छ । गत वर्षको तुलनामा नेटवर्थ ८ रुपैयाँ १८ पैसा बढेको हो ।

हाल कायम चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज हुँदैछ । जनता र ग्लोबलले मर्ज सम्बन्धी प्रस्ताव पारित गर्न मंसिर २ गते सभा बोलाएका छन् । सभामा दुबै बैंक एक आपसमा गाभिने मुख्य एजेन्डा रहेको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS