IME Life

नेप्से ६ अंकले घट्यो, ३७ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज विहीबार साताको अन्तिम दिन नेप्से ६ अंकले घटेको छ । आज शेयर बजारमा नेप्से परिसूचक ६ दशमलव ०५ अंकले घटेर १,१३१ दशमलव ९७ को विन्दुमा कायम भएको छ । ट्रेडिङ, निर्जीवन बीमा समुह र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ४० अंकले जीवन बीमा समुह घटेको छ ।

आज १ सय ६३ कम्पनीको १२ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा ३७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबी बैंकको ११ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्रभु बैंकको ५ करोड ६५ लाख रुपैयाँ बाराबरको कारोबार भएको छ । नेपाल बैंकको २ करोड, नबिल र प्रभु बैंक प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ । कृषि विकास बैंकको ७० लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै रिडी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS