IME Life

मंसिर १२ गतेदेखि भृकुटीमण्डपमा हस्तकला व्यापार मेला

SPIL
NIC ASIA

काठमाडौँ । आउँदो मङ्सिर १२ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा उक्त मेला आयोजना गरिएको हो । हस्तकला महासंघले आयोजना गर्न लागेको १५ औं श्रृंखलाको व्यापार मेला यस पटक पृथक बनाउने प्रयास गरिएको महासंघले जनाएको छ ।

Prabhu
Crest

उक्त मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् । व्यापार मेलामा नेपालको मौलिक कलाको प्रदर्शनी हुने महासंघले जनाएको छ । नेपालबाट निर्यात हुने बस्तुहरुको सूचिमा हस्तकलाका बस्तुहरु पनि पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS