काठमाडौं । सरकारले सातै प्रदेशका प्रमुखहरुलाई आजै नियुक्त गर्ने तयारी गरेको छ । नेकपाको आज बसेको सचिवालयको बैठकबाट सातै प्रदेशका प्रमुखहरुलाई नियुक्त गर्न सिफारिस गरेको छ । सिफारिस गरिएकाहरुमा अमिक शेरचन, विष्णु प्रसाई, तिलक परियारलगायतका छन् । परिवार बिप्लवबाट विद्रोह गरी नेकपामा प्रवेश गरेका व्यक्ति हुन् ।
प्रदेश प्रमुख सिफारिस भएकाहरु
प्रदेश १ बिष्णु प्रसाई, झापा
प्रदेश २ धर्मनाथ यादव, सिरहा
प्रदेश ३ अमिक शेरचन, चितवन
गण्डकी प्रदेश सोमनाथ प्यासी, कास्की
प्रदेश ५ तिलक परियार, बाँके
कर्णाली प्रदेश शर्मिला त्रिपाठि, काठमाडौ
सुदुरपश्चिम प्रदेश गोविन्द कलौनी, डडेल्धुरा