IME Life

डेपुटी गभर्नर श्रेष्ठमाथिको अभियोग छानविन गर्न समिति

SPIL
NIC ASIA

काठमाडौं । विवादमा तानिएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कारवाही गर्न छानबिन गर्न समिति गठन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदमै छलफल भई कानुनी कारवाहीको लागि प्रक्रिया सुरु गर्न नेपाल राष्ट्र बैंकमा अनौपचारिक निर्देशन आएपछि सोमबार बसेको बोर्ड बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो । आइतबार बसेको बोर्ड बैठकले कुनै औपचारिक निर्णय गर्न नसकेपछि सोमबार विहान पुनः बोर्ड बैठक बसेर बोर्ड सदस्य श्रीराम पौडेलेको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो ।

Prabhu
Crest

पौड्यालको संयोजकत्वमा गठित छानविन समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् । उनीहरुले पेश गरेको प्रतिवेदनको आधारमा नेपाल राष्ट्र बैंकले कारवाहीको सिफारिस गर्नेछ । राष्ट्र बैंकको सिफारिसलाई अर्थमन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेपछि मात्रै कारवाही अथवा पदमुक्त गर्ने निर्णय हुनेछ । समितिले कारवाही गर्ने मनासिव कारण फेला पारी कारवाहीको लागि सिफारिस गर्न नसकेमा उनीमाथि लागेको अभियोग ढिसमिस हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS