काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा चुक्ता पूँजीको २० प्रतिशतले १७ लाख ६० हजार कित्ता हकप्रद २४ गतेदेखि बिक्रीमा ल्याउनेछ ।
हकप्रद शेयरका लागि असोज २७ गते बुकक्लोज भैसकेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन् । हकप्रद शेयरको बिक्रि प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ । इन्स्योरेन्सको हकप्रदमा मंसिर २९ गतेसम्म आवेदन गर्न सकिनेछ ।
८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।