IME Life

पहिलो त्रैमासमा आयात–निर्यात सुध्रियो, ३८ अर्बले आयात घट्यो

SPIL
NIC ASIA

काठमाडौं । प्रत्येक बर्ष बढ्ने आयात चालु आर्थिक बर्षको पहिलो त्रैमासमा घटेको छ । आयात उच्च अंकले वृद्धि हुने विगतका रेकर्डलाई तोड्दै गत असोज मसान्तमा ३८ अर्बले घटेको हो ।

भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को असोज मसान्तसम्ममा कुल आयात १० प्रतिशतले घटेको छ । साथै निर्यात समेत दोहोर अंकले वृद्धि हुँदा समग्र आयात नियात सुध्रिएको छ ।

Prabhu
Crest

गत आर्थिक बर्ष २०७५।७६ को असोज मसान्तसम्ममा ३ खर्ब ७२ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएकोे थियो भने, चालु आर्थिक बर्षको असोजमसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको वस्तु मात्रै आयात भएको छ ।


नेपालबाट हुने निर्यात १४ प्रतिशतले वृद्धि भई व्यापार घाटा साघुँरो पार्न योगदान पुर्याएको छ । गत बर्षको असोजमसान्तसम्ममा २३ अर्ब ७४ करोड ४९ लाख रुपैयाँको वस्तु नियात भएकोमा यस बर्ष भने २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँको वस्तु नेपालबाट विभिन्न देशहरुमा गएको छ । चालु आर्थिक वर्षको सुरुका तीन महिनामा नेपालको व्यापार घाटा १२ प्रतिशतले घटेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS