Connect IPS
IME Life

सनराइज बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकको शुक्रबार (कात्तिक १५ गते) साधारण सभा भएको छ । । सभा नक्साल ब्यांकेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गरेको छ । असोज ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा बैंकले १५ दशमलव ८ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कुल ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्ने जनाएको छ ।

सभामा बैंकले कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत गर्नेछ । आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साथै, सभामा बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS