IME Life

सामाजिक सुरक्षा कोषमा २५ बीमा कम्पनी दर्ता, कूल आबद्ध संख्या झण्डै नौ हजार

SPIL
NIC ASIA

काठमाडौं । निजि क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको भविष्य सुनिश्चत गर्न सरकारले स्थापना गरेको सामाजिक सुरक्षा कोषमा आठ हजार ८१८ रोजगारदाता कम्पनी सूचीकृत भएका छन् । कोषले उपलब्ध गराएको तथ्याङ्कमा असोज मसान्तसम्म ४० बीमा कम्पनीहरु मध्ये २५ कम्पनी दर्ता भएका छन् ।

सामाजिक सुरक्षा योजनामा सूचीकरण हुने समय असोज अन्तिममा समाप्त सकेपनि कोषमा दायरा अझै केही कम्पनीहरु नआएको कारण समय थप गरेको छ । सामाजिक सुरक्षा कोषमा हालसम्म ४० बीमा कम्पनीमध्ये २५ कम्पनी दर्ता भएको कोषले जनाएको छ ।

Prabhu
Crest

१९ जीवन बीमा कम्पनीबाट १२ वटा कम्पनीले सामाजिक सुरक्षा कोषमा सहभागी जनाएका छन् भने २० वटा निर्जिवन बीमा कम्पनीबाट १२ वटा कम्पनीले कोषमा सहभागी जनाएका छन् । त्यस्तै बीमा कम्पनीहरुको जोखिम वहन गर्न नेपाल पुनर्बीमा कम्पनीले पनि सामाजिक सुरक्षामा सहभागी जनाएको छ । सरकारी स्वामित्वमा रहेको दुई कम्पनी राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्था पनि सामाजिक सुरक्षा कोषमा दर्ता भएका छैनन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ, प्राइम लाइफ, सिटिजन लाइफ, रिलायन्स लाइफ, आईएमई लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ इन्स्यारेन्स, मेट लाइफ, प्रभु लाइफ, सानिमा लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सामाजिक सुरक्षा कोषमा दर्ता भएका छन् ।

त्यस्तै निर्जिवन बीमा कम्पनीहरुबाट नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल, एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, आईएमई जनरल र दि ओरियन्टल सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषको तथ्याङक अनुसार जीवन बीमा कम्पनीबाट सात र निर्जिवन बीमा कम्पनीबाट आठ कम्पनी दर्ता भएका छैनन् ।

सामाजिक सुरक्षा कोषमा दर्ता भएपछि उक्त कम्पनीमा कार्यरत कर्मचारीले पाउने पारिश्रमिक मासिक ११ प्रतिशत रकम कोषमा दाखिला गर्नुपर्दछ भने कम्पनीले पनि त्यति नै प्रतिशत जम्मा गर्नुपर्दछ । सञ्चयकोष जस्तै सुविधाका निजि क्षेत्रमा कार्यरतक श्रमिकको हितमा सरकारले स्थापना गरेको संस्था हो । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS