काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न ३ पदका लागि ६७ जना कर्मचारी माग गरेको छ । बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) , सहायक निर्देशक(अधिकृत तृतीय) लेखा लेखापरीक्षण र सहायक (सहायक द्धितीय) पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदका लागि खुल्ला ३, आ.ज २, दलित १ र खुल्ला १६ गरी जम्मा २८ जना कर्मचारी माग गरेको छ । यसैगरी बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) लेखा लेखापरीक्षण पदका लागि खुल्ला ३, महिला २ र आ.ज १ र दलित १ गरी जम्मा ८ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सहायक (सहायक द्धितीय) पदका बैंकले ३१ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अनलाइनबाटै दरखास्त दिन सक्ने ब्यवस्था रहेको छ । इच्छुक उम्मेदवारले कात्तिक २८ गतेसम्म तोकिएको दस्तुर र मंसिर ५ गतेसम्म दोब्बर दस्तुरसहित आवेदन दिन सक्ने बैंकले जनाएको छ ।