IME Life

२५.२६% लाभांश पारित गर्न सिद्धार्थ बैंकको एजिएम आज

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले २५ दशमलव २६ प्रतिशत लाभांश पारित गर्न आज बिहीबासाधारण सभा बस्दैछ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ ।

सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्ने जनाएको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनका लागि बैंकले असोज २९ गते नै बुक क्लोज गरिसकेको छ । असोज २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

सभामा बैंकले आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ ।

त्यस्तै, सभामा बैंकले बैंक अन्य वित्तीय संस्था एक्वायर गर्न तथा कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत गर्ने एजेण्डा रहेको जनाएको छ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS