IME Life

इन्फिनिटी लघुवित्तको लाभांशमा सामान्य संशोधन

SPIL
NIC ASIA

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश सशोधन भएको छ । संस्थाले यसअघि प्रस्ताव गरेको लाभांशमा सामान्य संशोधन गरेको हो ।

नियामक राष्ट्र बैंकको निर्देशन अनुसार सामान्य फेरबदल गरिएको कम्पनीको भनाई छ ।

Prabhu
Crest

इन्फिनिटीले यसअघि बोनस, नगद र कर तिर्नसमेत गरी १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने जनाएको थियो । अब यसमा थोरै घटाएर १५ प्रतिशत लाभांश दिइने भएको छ ।

यसअघि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश तथा यसमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद दिने भनिएकोमा सोही कर प्रयोजनको ०.७९ प्रतिशत नगद नदिइने भएको हो ।

कम्पनीले २ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद बाँड्नेछ । इन्फिनिटीको आइपीओ बिक्री पछिको यो पहिलो लाभांश घोषणा हो ।

सञ्चालक समितिको लाभांश निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ ।

हाल इन्फिनिटी लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि पुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS