काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलले रहेको छ । हाल कम्पनीकाृ चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीकोृ पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ १७ पैसा छ ।