Connect IPS
IME Life

ग्रामीण विकास लघुवित्तको २ लाखभन्दा बढी कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ९५२ कित्ता सेयर लिलामी भर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामीणको उक्त सेयर मंगलबार भदौ ३१ गतेदेखि लिलामीमा ल्याएको हो । यसमा कम्पनीका हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको सेयर बेच्नुपर्ने नियम अनुसार ग्रामीण विकासको सेयर लिलामी गर्न लागेको हो ।

लिलामीको बोलपत्र कात्तिक ६ गते बिहान ११ बजे खोलिने केन्द्रीय बैंकले जानकारी गराएको छ ।

लिलामीमा सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दररेट स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । सबैभन्दा बढी दररेटमा खरिद प्रस्ताव गर्ने आवेदकलाई सेयर बिक्री गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS