Prabhu Life Ad Final

मेगा बैंकको वार्षिक साधारण सभा कात्तिक २९ गते, यस्ता छन् एजेण्डाहरु

IME PAY
IME Life

काठमाडौं । मेगा बैंकको नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११.३० बजे सुरु हुने बैंकले जनाएको छ ।

सभामा बैंकले ११ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको कमाईबाट १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा छ ।

त्यसैगरी बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि मेगाले कात्तिक १५ बुक क्लोज गर्दैछ । त्यसकारण कात्तिक १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS